प्रसिद्ध तीर्थस्थल पाथीभराको भेटी झण्डै ८ करोड बढी मौज्दात



ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको भेटी रकम ७ करोड ८८ लाख रुपैयाँभन्दा बढी मौज्दात छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार हालसम्म सङ्कलन भएको भेटीमध्ये उक्त रकम बराबर मौज्दात रहेको हो ।

समितिले आइतबार सार्वजनिक गरेअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्मको मौज्दात रकम कुल ७ करोड ८८ लाख १० हजार २०५ रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ सम्मको मौज्दात भेटी रकम ५ करोड ३ लाख १८ हजार ४८५ रुपैयाँ थियो । गत आवमा मात्र ३ करोड १९ लाख १६ हजार ८ सय रुपैयाँ भेटीबापत रकम सङ्कलन भएको थियो ।


Advertisement

अघिल्लो आवको मौज्दात र गत आवमा सङ्कलन भएको भेटी रकमसमेत ८ करोड ५९ लाख ९७ हजार १९४ रुपैयाँमध्ये गत आवमा ७१ लाख ८६ हजार ९८९ रुपैयाँ खर्च भएको छ ।

एक आर्थिक वर्षमा भएको व्यय (खर्च) रकम कटाएर ७ करोड ८८ लाख १० हजार २०५ रुपैयाँ मौज्दात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । गोरखापत्रबाट

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन