गुल्मी अस्पतालकाे लाहापरवाहीले सात वार्षिय बालिकाको मृत्यु



✍️हुमाकान्त पोखरेल / गुल्मी – गुल्मी अस्पतालकाे लाहापरवाहीले एकजना बिरामीको ज्यान गएको छ । अर्घाखाँची जिल्लाकाे छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छाेरी सात बर्षिय प्रशंसा मरासिनीकाे मंगलबार बिहान ७:४५ बजे मृत्युु भएको हाे ।

प्रशंसाका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई साेमबार बिहान ११ बजे गुल्मी अस्पताल ल्याइएको हाे । सामान्य पेट दुखेर अस्पताल ल्याएको बच्चाले दिउँसो बान्ता गरेपछि भर्ना गरिएको थियाे। आज बिहान ६ बजेकाे समयमा बच्चा निदाएकै समयमा एक्कासि इन्जेक्सन लगाइएकाे थियाे । इन्जेक्सन लगाउदाबित्तिकै बच्चा बेहाेस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बाेलाउन आग्रह गरे । तर नर्सहरूले समयमै डाक्टर नबाेलाउदा र लाहापरवाही गर्दा इन्जेक्सन लगाएको केही समयमै बच्चाकाे ज्यान गएकाे पन्थीले बताए ।


Advertisement

घटनाका प्रत्यक्षदर्शीले समेत रहेका धुर्काेट -०३ का वडाध्यक्ष पदम बिष्टले अस्पतालकै लाहापरवाहीले एक बच्चाले ज्यान गुमाउनुपरेको बताए । आफू साेमबार साँझदेखि अस्पतालमै रहेको र बच्चा हिज साँझसम्म हिड्ने, खेल्ने गरेकाेमा अस्पतालले लाहावरवाही गर्दा बिरामीको ज्यान गएकाे बताए । अस्पतालले लाहावपरवाही गरेको भन्दै बिरामीका आफन्तले शव उठाएका छैनन् ।

अस्पतालका प्रखुख डाक्टर राजेन्द्र जिसीले बच्चालाई बान्ता भएपछि भर्ना गरेपनि अन्य सबै रिपोर्ट सामान्य रहेकाे बताए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.