गुल्मीमा बालिका घटना : टायर बाल्ने क्रममा जलेर २ जना घाइते



गुल्मी – गुल्मीमा बलिकाको मृत्युको छानबिनको माग गर्दै आन्दोनको क्रममा २ जना युवा घाइते भएका छन् । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडानम्बर ७ काउले निवासी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलवार बिहान गुल्मी अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालको लापरवाहीका कारणले मृत्यु भएको भन्दै बालिका आफन्त सहितले बिहानैदेखि आन्दोलन गरिरहेका छन् । समस्या समधान गर्न भन्दे प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको कार्यकक्षमा छलफल भइरहेको छ ।


Advertisement

त्यसक्रममा पिडित पक्षले प्रशासन कार्यालय अगाडी नारा बाजी र टायर बाल्ने क्रममा पेट्रोल सरिरमा परेर अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडानम्बर ६ र ७ का लक्ष्मण पाण्डे र कृष्ण पौडेल जलेर घाइते भएका हुन् । प्रहरीले आन्दोलन रत पक्षलाई टायर नबाल्न आग्रह गरिरहेका थिए ।

त्यसक्रममा एक्ककासी पेट्रोल खनाएर बाल्लने क्रममा ति युवाहरुको सरिरमा परेर घाइते भएका हुन् । उनिहरुलाई थप उपचारको पाल्पा पठाउने तयारी रहेको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन