दुई पक्षबिच यस्तो सहमति पछि शव बुझ्दै परिवार



गुल्मी – मंगलवार बिहानदेखी अशान्त गुल्मी अस्पताल परिसर पीडित र अस्पतालबिच सहमति भएसंगै शान्त भएको छ। हिजो दिनभर समझदारी नबन्दा गुल्मी अस्पतालमा तनावको स्थिति सृजना भयो । सामान्य पेट दुखेर अस्पताल गएकी बालिकाको मृत्यु भएपछि आफन्तजनले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै शव उठाउन नमानेपछि घटनाले फरक मोड लिएको थियो । दिनभर आफन्तहरूले प्रदर्शन गरेपछि अस्पताल अशान्त बनेको थियो ।

अस्पताल प्रशासन र मृतकका आफन्तजन बिच भएको छलफल सकारात्मक नभएपछि जिल्ला प्रशासन कार्यालयमा वार्ता बसेर छानबिन समिति बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी, अस्पताल प्रशासन, रेसुङ्गाका मेयर खिलध्वज पन्थी, अन्य सरोकारवाला पक्षको दिनभरको प्रयासपछि सफल भएको हो।


Advertisement

गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेको संयोजकत्वमा छानबिन समिति गठन भएको छ । सदस्यहरूमा रेसुङ्गा नगरपालिकाका अधिकृत विनोद मरासिनी, छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्त, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक लगायत रहेका छन् । गुल्मी अस्पतालले विज्ञप्ति जारी गर्दै समिति गठन भएको र यसले सत्य तथ्य घटना बाहिर ल्याउने जनाएको छ।बालिकाको बुधवार बिहान ८ बजे पोस्टमार्टम पछि आफन्तले शव बुझ्ने बताईएको छ ।

यता गुल्मी अस्पतालले घटनाको छानबिनको लागि सघाउने प्रतिबद्धता जनाउदै बिज्ञप्ति समेत निकालेको छ।

यस्तो छ बिज्ञप्ति

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ०७ कि ६ वार्षिय प्रशंसा मरासिनी सामान्य बिरामी भएपछि परिवारले सोमबार गुल्मी अस्पतालमा भर्ना गरेका थिए । मरासिनीको अवस्था मङ्गलबार बिहानसम्म सामान्य रहेको थियो तर औषधि र शरीरमा इन्जेक्सन दिएपछि एक्कासि उनको मृत्यु भएको परिवारले जनाएको छ । घटनाको सत्य तथ्य छानबिनको माग गर्दै दिनभर मृतकका आफन्तले अस्पताल र प्रशासन परिसर नाराबाजी र पेट्रोल छर्केर टायर बाल्ने , डाक्टरलाई कुटपिट समेत गरेका थिए ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.