पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमा ढुङ्गा खस्दा तीन जनाको मृत्यु , ८ घाइते
गुल्मी – पाल्पामा गुडिरहेको स्कार्पियो जीपमा एक्कासि ढुङ्गा खस्दा हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । बिहान गुल्मीको सदरमुकाम तम्घासबाट बुटवलको लागि छुटेको लु १ ज ४१ ०० नम्बरको स्कार्पियो पाल्पाको रिब्दिकोट गाउँपालिका २ जोर्तेमा गुडिरहेको सवारीमा ढुङ्गा खसेको वडाध्यक्ष ओम प्रसाद पोखरेलले जानकारी दिए ।
वडाध्यक्ष पोखरेलले भने “सडक बिहान बेलुका बिस्तार भइरहेको थियो त्यहाँको माटो कम्सल रहेछ त्यसैले एक्कसी ढुङ्गा खसेको हुनुपर्छ।” यो सडक पहिले देखिकै जोखिम हो पछिल्लो २ बर्षमा झण्डै १ सय नागरिकले ज्यान गुमाइसकेका छन् उनले भने । घटना स्थलमा मृत्यु भएका ३ जनाको अझै सनाखत भएको छैन भने घाइते ८ जनालाई मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको लागि पठाइएको छ ।
सवारीमा सवारी चालक सहित ११ सवार थिए। दुर्घटना भएको स्कार्पियो रुरु रेसुङ्गा यातायात प्रा.लिको रहेको छ ।