गुल्मीकी ७० वर्षीया वृद्धा चार दिनदेखी सम्पर्कविहिन



गुल्मी -गुल्मीकी ७० वर्षीया वृद्धा ज्ञानुमाया बस्नेत चार दिनदेखी सम्पर्कविहिन भएकी छन्। जिल्लाको इश्मा गाउँपालिका-५ इश्मारजस्थल दोबाटाकी बस्नेत भदौ ११ गतेदेखि सम्पर्कविहीन भएकी हुन्। 

उनको खोजीका लागि इश्मा प्रहरी चौकीमा निवेदन दिएसँगै सबै ठाउँमा सूचना गरिसकेको घर परिवारले जनाएको छ।


Advertisement

उनी सामान्य बिरामी थिइन्। परिवारले उनलाई केही दिनअघि गुल्मी अस्पतालमा उपचार गरेर घर लगेका थिए। उनी केही समयअघि पनि हराएर घर नजिकैको जंगलमा परिवारले फेला पारेको इश्मा गाउँपालिका-५ का वडाध्यक्ष झविन्द्र अर्यालले जानकारी दिए। उनको श्रीमान १७ वर्षदेखि बेपत्ता छन्। 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.