गुल्मीमा आमाको काजकिरिया गर्दै २० बर्षीय छोरी



मनोज कार्की / भदौ १५,गुल्मी – गत भदौ २ गते मालिका ७ घमिरकी वाटुला रोकाहा मगर एक्कासि विरामी परिन् । उपचारको लागि उनलाई परिवारले गुल्मी अस्पताल लगे । अस्पतालले स्वास्थ्य अवस्था गम्भिर देखेपछी वाटुलालाई काठमाडौं स्थित टिचिङ्ग हस्पिटल रिफर गर्यो । चेकजाँच पछि वाटुलालाई जण्डिस देखियो । डाक्टरको सल्लाह र औषधी सेवनपछि उनको स्वास्थ्य केहि सुधार हुदैँ आएको थियो ।

वाटुलाकको परिवारमा श्रीमान र चार छोरी छन् । दुई छोरीको विहे भईसकेको छ भने साइली र कान्छी छोरीले गाउँकै स्कुलमा पढ्दै आएका छन् ।डाक्टरले वाटुलाको स्वास्थ्यमा सुधार आएको बताएपनि उनको एक्कासी उपचारको क्रममै अस्पतालमा भदौ १३ गते मृत्यु भयो । वटुलाको पार्थिक शरिरलाई समाजसेवी सुर्य लम्सालको पहलमा घमिर काठमाडौं सरोकार समाज सहित परिवारले पशुपति आर्यघाट दाहसंस्कार गरे ।


Advertisement

दाजुभाई र परिवारको सल्लाह अनुरुप उनको काजकिरिया गाउँमै गर्ने निर्णय गरियो । साइली छोरी कञ्चन पार्थिक शरिरलाई सदाको लागि छोडेर आमाको सम्झना र याद बाकेर गाउँ फर्किन् । समाजमा हिन्दु संस्कार अनुसार आमा बुबा र अन्य परिवारका सदस्यको मृत्यु भएमा छोरीले काजकिरिया गर्न हुदैँ भन्ने चलन छ । प्रायः आमा बुबाको मृत्युपछि छोराले नै काजकिरिया गर्छन् । तर गुल्मीको मालिका गाउँपालिका ०७ घमिरमा आमाको मृत्युपछि २० बर्षीय साईली छोरी कञ्चन रोकाहा मगरले आमाको काजकिरिया गरिरहेकी छिन् । घरमा आमाको किरिया गर्नका लागि छोरा नभएपछि छोरीले नै दागबत्ती दिएर काजकिरिया सुरु गरेकी हुन् । सानो उमेरमै आमा गुमाएकी कञ्चनको फोटो सामाजिक संजाल फेसबुकमा भाइरल छ । छोरीको आँट र साहसलाई सम्मान गर्दै प्रशंसा गरेका छन् ।

छोरी कञ्चन भन्छिन् “समाजमा सन्तान विच देखिने विभेद चिरेर छोराछोरी बराबरको सन्देश दिदैँ आफ्नो कर्तव्य निभाएकी हुँ।” “हाम्रो समाज अझै अन्धो छ आखाँ देखाउने काम हामीबाट सुरु हुनुपर्छ ।” उनले भनिन् । बुबा आमाको मृत्युपछि छोराले सबै गरेको त देखिरहेका छौं तर छोरीले आमाको दाहसंस्कार देखि काजकिरिया सकेको त गाउँकै पहिलो भएको मालिका गाउँपालिका ७ का वडाध्यक्ष हिरा कार्की बताउँछन् । वडाध्यक्ष कार्की भन्छन् हप्तादिनकै अन्तरालमा भएको घटनाले सिङ्गो गाउँनै शोकमा छ । छोरपनि परिस्थिती अनुसार जस्तोसुकै काममा काँध थाप्न सक्छन् भन्ने उदाहरण समेत पेश गरेकी छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.