अभिनेत्री निरूता सिंहले मुम्बईका संजीभसँग गरिन् बिहे



काठमाडौं – अभिनेत्री निरूता सिंहले बिहे गरेकी छन् । उनले मुम्बईका संजीभ गुलाटीसँग लगनगाँठो कसेकी हुन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गत अगस्ट ३१ मा गुलाटीसँग बिहे गरेको जानकारी दिएकी हुन् ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो । त्यो हो …’निरूता जी बिहे कहिले गर्ने ?’ भन्ने प्रश्न । आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु । तपाईंहरूको निरूता सिंहले गत बिहीबार अगस्ट ३१, २०२३ को दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाँठो जोडेको छ । हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु,’ उनले भनेकी छन् ।

निरुतालाई थुप्रै कलाकारहरूले बधाई एवं शुभकामना दिइरहेका छन् ।  पछिल्लो समय नेपाली फिल्मबाट टाढा रहेकी निरुता मुम्बईमा बस्दै आएकी छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.