भदौ १७ गते तपाईको राशिफल कस्तो छ? हेर्नुहोस्..



२०८० भदाै १७ गते, आइतवार, ३ सेप्टेम्बर २०२३। भाद्र कृष्णपक्ष चतुर्थी तिथि। रेवती नक्षत्र, १६ः०३ बजेपछि अश्विनी। चन्द्रराशि मीन,१६ः०३ बजेपछि मेष।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ले नेपाली पात्रोमा तयार पार्नुभएको छ ।


Advertisement

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

केही आम्दानी हुने समय छ । श्रमको उचित मूल्य पाइनेछ । रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ । प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । तर दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला । आकस्मिक समस्याले खर्च बढाउने समय छ । यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । खर्चिलो काम थालनी हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनाले मनग्य रकम हातलागी हुनेछ । नयाँ व्यवसायमा लगानी गर्ने वातावरण बन्न सक्छ । पुरुषार्थी काम प्रारम्भ हुन सक्छ । भेटघाटले उत्साह जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिगो काममा जग बसाउने मौका छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ । श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ । भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । तर मध्याह्नदेखि अरूको दबाबमा परिने सम्भावना छ । वादविवादमा अघि नसर्नुहाेला । आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । दिगो योजना बन्नेछ र पेसा-व्यवसायमा मनग्य फाइदा हुनेछ । मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ । आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । श्रम परे पनि दिउँसाेदेखि विशेष उपलब्धि प्राप्त हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ । सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । अवसर प्राप्त भए पनि महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ । किनमेल गर्दा अनावश्यक सामानमा बढी खर्च हुनेछ । यात्राले थकित भइएला । स्वास्थ्यबाधा हुन सक्छ । साथ दिनेहरू नहुँदा दुःख पाइनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

प्रियजनसँग भेटघाट हुनेछ भने साँझतिर आतिथ्यपूर्ण सम्मान प्राप्त होला। आफन्तहरूको साथ जुट्नेछ । वादविवादमा अघि नसर्नुहोला, मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । जटिल काममा जुट्नुपरे पनि दिन उत्साहवर्द्धक रहनेछ । केही खर्च भए पनि काम बन्नेछ। शत्रु र राेगमाथि विजय प्राप्त हुनेछ । भौतिक साधन प्राप्त हुनेछन् । व्यापार बढ्नेछ भने यात्राकाे साइत जुर्न सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

मिहिनेतले नाम र दाम दिलाउनेछ । व्यवसायले आम्दानी बढाउनेछ । समय उपलब्धिमूलक रहनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । श्रमको उचित मूल्य पाइनेछ । तर सोखले फजुल खर्च बढाउनेछ । आँटेको काम राेकिन सक्छ ।खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ । विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ । अग्रजको सहयोग लिँदा राम्रो हुनेछ । तर बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । साझेदारीमा असमझदारी बढ्नेछ । हतारमा निर्णय नलिनुहोला । विशेष योजना सार्वजनिक नगर्नुहोला । दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन् । आयस्रोत पनि बढ्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । बाैद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ । तर वादविवादमा फसिने डरले सताउन सक्छ । बलजफ्ती गर्दा केही नाेक्सान हुन सक्छ । अर्थ अभावले सताए पनि आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आयस्रोत बढ्नेछ। दिगो काम सुरु गर्ने समय छ । दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । पहिलेकाे काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । काममा शुभचिन्तकहरूले साथ दिनेछन् । तर हतारमा निर्णय लिँदा केही काम दोहोर्याउनुपर्ने हुन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । दिउँसाेदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । खर्चिलाे काममा हात हाल्नाले रकम जुटाउन कर्जा लिनुपर्ला । स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ । व्यवसायमा फाइदा कम उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.