आजको मौसम : देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौँ– जल तथा मौसम पूर्वानुमान् महाशाखाले आज देशका चार प्रदेश मधेश, बागमती, गण्डकी र लुम्बिनीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाकाअनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर अवस्थित छ। यो सहित बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत नेपालमा आंशिक प्रभाव रहेको छ ।


Advertisement
Advertisement
Advertisement

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

भारी वर्षावाहेक आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.