गुल्मीमा मदिराको तालमा छोराले गरे दाउरा प्रहार, बुबा घाइते



गुल्मी – गुल्मीमा मापसे गरि आफ्नै छाेराले बुबाको कुटपिट गरेका छन् । जिल्लाकाे गुल्मीदरबार गाउँपालिका-२ झिरबासका ६० वर्षीय टीकाबहादुर घर्तीमगरलाई आफ्नै छाेरा ३२ वर्षीय नगेन्द्र घर्तीमगरले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए ।

प्रहरीका अनुसार, शनिबार साँझ साढे ६ बजेको समयमा घरायसी विवादमा कारण छाेराले बुबालाई दाउरा प्रहार गरेका थिए । दाउरा प्रहारबाट टाउको देखि मुनि आखिभौँ नजिकै र दाहिने खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।


Advertisement

घाइते बुबाको गुल्मीको गुल्मी अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि बुटवल पठाइएको छ । छाेरा नगेन्द्रलाई प्रहरीले दाउरासहित नियन्त्रणमा लिएको छ ।

बुबा र छाेरा दुवैले मापसे गरेको प्रहरीकाे अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.