दु:खद खबर : जुम्लामा जीप दुर्घटना, २ जनाकाे मृत्यु



जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित छलपुनेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाे छ । नाग्मदेखि मुगु सडक खण्ड अन्तरगत छलपुनेरा भन्ने स्थानमा जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जीप दुर्घटना हुदा दुई जनाकाे मृत्यु भएको हो ।

दुर्घटनामा परि चालक र सहचालक दुवै जनाको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यामवहादुर बुढामगरले बताए । चालक र सहचालकको सनाखत हुन नसकेको उनको भनाइ छ । जिप सडकबाट अन्दाजि ३ सय मिटर तल खसेको छ ।


Advertisement

आईतबार विहान ६ः४५ बजेको समयमा जिप दुर्घटना भएको प्रहरीले जनाएकाे छ । उक्त दुर्घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीकाे भनाई छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.