गुल्मीमा चट्याङ लागेर ६० वार्षिय घर्तीको मृत्यु
गुल्मी – गुल्मीमा चट्याङ लागेर एक पुरुषको मृत्युु भएको छ । जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाहाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
शनिबार साँझ साढे ७ बजेको समयमा चट्याङ लागेर घाइते भएका घर्तीलाई नजिकैको स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो । बेहोस अवस्थामा रहेका घर्तीलाई थप उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो ।
चट्याङ लागेर घाईते भएका घर्तीको गुल्मी अस्पतालमा शनिबार राति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए । मृतकको शव गुल्मी अस्पतालमा पोष्टमार्टम हुँदैछ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मी प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।