गुल्मीको इस्माले वडा तहमै पुगेर दियो अपांगता परिचयपत्र



अनिल खत्री / गुल्मी – गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले वडा तहमै पुगेर अपांगता परिचयपत्र वितरण तथा नविकरण सुरु गरेको छ । गाउँपालिकाले वडानम्बर १ बाट अभियान वडानम्बर ६ सम्म पुगेर सकिने छ ।पालिका भित्रका ६ वटै वडामा पुगेर अपांगता भएका नागरिकलाई नयाँ परिचयपत्र वितरण गरिने भएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले बताइन । पालिकामा यश अघि वितरण गरिएको अपांगता परिचयपत्र केही त्रुटी भएको गुनासो आएपछि वडा तहमै पुगेर नविकरण पनि गर्न थालिएको कुँवरले बताइन् ।


वास्ताबिक अपांगता भएका नागरिक नछुटुन र गैर अपांगताले फाइदा नलिउन भन्ने उदेश्यले अपांगता परिचयपत्र वितरण र नविकरण गर्न वडा तहबाट अभियान चलाइएको कुँवरले बताइन ।वडातहमा रहेका वितरण समितिबाट कार्यबिधिमा रहेर सिफारिसका आधारमा अपांगता परिचयपत्र वितरण गरिदै आएको छ । यसरी वितरण गरिने परिचयपत्रमा पनि केहि तलमाथी गराउने कार्य भएको भन्ने गुनासो आइरहेको छ ।


Advertisement


अपांगता परिचयपत्र वितरणमा केही गुनासो देखिएकाले नविकरणमा कढाइ गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । अपांगता परिचयपत्र पाएका नागरिक सपाङ्गले जस्तै काम गर्ने गरेको भन्ने गुनासो आएको अध्यक्ष खड्काले बताए ।पालिकाले कार्यबिधी भन्दा बाहिर रहेर वितरण गरिएका त्यस्ता परिचयपत्र फेला पारे नविकरण नगर्ने जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन