गुल्मीको इस्मा गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई सम्मान



अनिल खत्री / गुल्मी – गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । आइतबार पालिकाको वडानम्बर १ मा हर्पुकोटमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष भगतसिंह खड्का, उपाध्यक्ष पार्वती कुँवर, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थी, वडाअध्यक्ष शेरबहादुर कुँवरले जेष्ठ नागरिकलाई सम्मान स्वरुप हर्लिक्स, च्यावनप्रास र छाता वितरण गरिएको हो ।


पालिकाको वडानम्बर १ मा रहेका ८६ वर्ष माथिका २० जना जेष्ठ नागरिकलाई सम्मान स्वरुप स्वास्थ्य वर्दक सामाग्री प्रदान गरिएको वडाअध्यक्ष कुँवरले बताए । जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणसँगै स्वास्थ्य परामर्श समेत प्रदान गरिएको वडाअध्यक्ष कुँवरले बताए ।जीवनको उर्जाशिल उमेर परिवार र समाजलाई खर्चिएर बृद्ध बन्नु भएका जेष्ठ नागरिकसँग पालिका सँगसँगै छ भन्ने सन्देश प्रवाह गर्न सामाग्री प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताइन ।


Advertisement

सोही कार्यक्रममा पालिका अध्यक्ष खड्का, उपाध्यक्ष कुँवरले जेष्ठ नागरिकसँग समस्याहरुसँगै सुझाव सल्लाह आदानप्रदान समेत गरिएको थियोे ।
जेष्ठ नागरिकका समस्या बुझने र अनुभव सुझावलाई आत्मसाथ गरेर अगाडी बढने उदेश्य पालिकाको रहेको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.