गुल्मीमा आठ दिनदेखि हराएकी ७० वार्षिय वृद्वा जङ्गलमा मृत भेटिइन्



गुल्मी – गुल्मीमा विगत आठदिन देखि हराएकी ७० वार्षिय वृद्वा जङ्गलमा मृत भेटिएकी छिन् । जिल्लाकाे इस्मा गाउँपालिका-५ इस्मारजस्थल की ७० वर्षीया ज्ञानुमाया बस्नेत साेमबार बिहान जङ्गलमा मृत अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

गत सोमबारदेखि  हराएकी वृद्वा बस्नेत इस्मा गाउँपालिका -०४ कुबिन्ने भन्ने स्थानकाे जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशाेर प्रधानले जानकारी दिए । जङ्गलमा बस्नेत मृत अबस्थामामा देखेर  खबर गरेपछी प्रहरी घटनास्थलमा पुगेको गुल्मीका प्रमुख प्रहरी उपरीक्षक  प्रधानले बताए ।


Advertisement

वृद्वा बस्नेत सम्पर्क बिहिन भएपछी परिवार र आफन्तले खोजतलासी गर्न  इस्मा प्रहरीमा उजुरी दिएका थिए ।  मृतक बस्नेतको जिल्ला  सदरमुकाम तम्घास  स्थित गुल्मी अस्पतालमा पाेष्टमार्टम हुने छ । मृतक ज्ञानुमायाका श्रीमान विगत १७ बर्षदेखि बेपत्ता छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले प्रहरीले जनाएको छ । 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.