गुल्मीमा सडेको अवस्थामा बेवारिसे शव फेला



गुल्मी – गुल्मीमा सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ । जिल्लाकाे सत्यवती गाउँपालिका वडा नम्बर ४ काे लुम्दीखोलास्थित वडिगाड खोलाको किनारमा शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभाट चौंधरीले जानकारी दिए ।

उनका अनुसार, सडेको अवस्थामा शव फेला परेको हुँदा पहिचान गर्न समस्या भइरहेको छ । निजको शवलाई इलाका प्रहरी कार्यालय जोहाङ्गको टोलीले स्थलगत मुचुल्का तयार गरि पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा पठाएको छ ।


Advertisement

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । डिबी खड्का, गुल्मी

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.