गुल्मीमा आगामी कात्तिक १५ गतेदेखि २५ गतेसम्म महोत्सव हुने



गुल्मी – गुल्मी उद्योग संघको आयोजनामा आगामी कात्तिक १५ गतेदेखि २५ गतेसम्म  औधोगिक एवं ब्यापार मेला महोत्सव हुने भएको छ । महोत्सवमा बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेषका खाना परिकारहरु, बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि प्रर्दशन गरिने गुल्मी उद्योग संघ अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

जिल्लामा ठुला उद्योग नभएकाले साना तथा मझौला उद्योगको प्रचारप्रसार गरेर प्रवद्वन गर्ने उदेश्यले ११ दिने मेला महोत्सवको आयोजना गरिएको गुल्मी उद्योग सघ अध्यक्ष भुसालले बताए । महोत्सवमा स्थानीय स्तरबाट उत्पादन भएका सामाग्रीको प्रर्दशन गरिनुका साथै कृषि उत्पादनको प्रर्दशन गरेर बजारीकरणमा टेवा पुर्याउने आयोजकले लक्ष्य राखेको छ ।


Advertisement

महोत्सवबाट गुल्मी जिल्लाको कृषि, घरेलु औधोगिक प्रर्बद्धन सगै पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको आयोजकले जनाएको छ ।

बिगतका बर्षमा गुल्मी उद्योग वाणिज्य सघ र चेम्बर अफ कर्मश गुल्मीले गर्दै आएका थिए । महोत्सव हालसम्म जिल्लाको सदरमुकाम तम्घास बजारस्थित  चिदिचौरमा गरिएपनी यसपटकको महोत्सव उपल्लो तम्घासमा हुने भएको छ । चिदिचौर खेलमैदान सौन्दर्यकरण गर्ने भएकाले मेला महोत्सव गर्न रेसुङ्गा नगरपालिकाले रोक लगाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.