गुल्मीमा ‘रेसुङ्गा युथ फेस्टिभल’ हुने



गुल्मी –गुल्मीमा ‘रेसुङ्गा युथ फेस्टिभल’ हुने भएको छ । सफल डायरिजको आयोजना तथा अन्टेष्ट युवा क्लव, फोर्टिन स्टार युवा क्लव, पुल्चोक स्पोर्टस क्लव, खुकुरी ब्याण्ड, कोब्रा ग्रुप र यङ्ग व्याइजको सह–आयोजनामा फेस्टिभल हुन लागेको शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी दिइएको छ ।

असौज ५ र ६ गते हुने प्रतियोगितामा सांस्कृतिक कार्यक्रम, वृत्तचित्र महोत्सव, सडक कला र सङ्गीत एवम् लागुऔषध दुव्र्यसनी विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न हुनेछन् । कार्यक्रममा रेसुङ्गा नगरपालिकाभित्रका विद्यालयहरुबीच चित्रकला प्रतियोगिता, राष्ट्रिय कलाकार, व्याण्ड, डिजे स्ट्रिट हिपहल शो, हाँस्य लगायतका प्रस्तुती, राष्ट्रिय र स्थानीय स्तरका कविहरुको प्रस्तुती, गुल्मी जिल्लाभित्रका महत्वपूर्ण स्थानहरुको डकुमेन्ट्री प्रदर्शन, लाखे नाच, सोरठी लगायतका प्रस्तुती प्रदर्शन गरिनेछ ।


Advertisement

त्यसैगरी डब्लु टि एफ्., आइ टि एफ्, क्रिकेट लगायतका खेलमा जिल्ला एवम् देश चिनाउने खेलाडी र स्थानीय र राष्ट्रिय कलाकार सम्मान कार्यक्रम रहेको छ । कार्यक्रम असौज ५ गते बुढाथोकी बसपार्क र असौज ६ गते चिदिचौरमा हुने सफल डायरिजका अध्यक्ष सफल श्रेष्ठले जानकारी दिए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.