आजको मौसम :विभिन्न स्थानमा चट्याङ सहित वर्षाको सम्भावना



काठमाडौं – आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम  पूर्वानुमान  महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली  र  सुदूरपश्चिम प्रदेशका  केही  स्थानहरू तथा बाँकी  प्रदेशका थोरै स्थानहरूमा मेघ  गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  रहेको  छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।   

यसैगरी आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस,  लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी  प्रदेशका थोरै स्थानमा  मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


Advertisement

साथै कोशी र सुदूरपश्चिम  प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको  महाशाखाले जनाएको छ। 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.