माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँट हुने



काठमाडौ – माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आज अर्थात् आइतबार बाँडफाँट हुने भएको छ ।कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आईतबार बाँडफाँट हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको हो। उक्त आईपियो क्यापिटलको कार्यालय कमलादीमा बिहान ९:३० बजे बाँडफाँट गरिने भएको हो । अन्तिम दिन सम्म कम्पनीको आईपीओका लागि ९ लाख ८० हजार ५३ जनाले २ अर्ब २० करोड ३२ लाख ३७ हजार ९ सय ८० रुपियाँ बराबरको १ करोड ६ लाख ९५ हजार ३ सय ३० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीको आईपीओ एक लाख २० हजार ५ सय ३२ जनाले १०–१० कित्ता पाउने छन् । कम्पनीले सर्बसाधारणको लागि कुल १३ लाख ६ हजार ३०६ कित्ता सेयर निष्काशन गरेको थियो।


Advertisement

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले निर्माण गरि २२ मेगावाटको मागमती साना जलविद्युत आयोजना अहिले सञ्चालनमा रहेको  छ।  यस आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ। प्रतिमेगावाट कुल लागत १८ करोड २७ लाख रुपैयाँ देखिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन