गुल्मीमा एउटै भुस्याहा कुकुरले टाेकेर छ जना घाइते



गुल्मी – गुल्मीमा एउटै भुस्याहा कुकुरले टाेकेर छ जना घाइते भएका छन् । जिल्लाकाे सदरमुकाम तम्घासमा एउटा रातो खैरो रङको भुस्याहा कुकुरले आतंक मच्चाएको हो ।

आइतबार बिहान कार्यालय समयको समयमा क्षणभरमै छ जनालाई टोकेर घाइते बनाएको छ । ११ बजे गुल्मी अस्पतालमा पुग्दा कुकुरले टोकेका घाइते र उनका आफन्तको भिड थियो ।


Advertisement

महेन्द्र नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुको पिटी चलिरहेको बेला उक्त कुकुर भित्र पसेर कक्षा २ का ८ वर्षिया सन्जु बिकलाई टोक्यो । उनलाई जोगाउन पुगेकी शिक्षिका भगवता पाण्डेलाई पनि टोक्यो । अर्घाखाँची जिपपार्कमा घर भित्र पसेर १७ वर्षिय निशान खनाललाई टोक्यो । जिल्ला प्रशासन अगाडि २७ वर्षिया चुरा बहादुर खत्रीलाई मोटरसाइकल चाढ्न लागेको बेला टोक्यो ।

सिमलटारीबाट तम्घास आएका ७० वर्षिय दुर्गा बहादुर सुनारलाई क्याम्पस रोडमा टोक्यो । अमरपुर घर भई सिद्धबाबा माध्यमिक विद्यालयमा पढ्ने ७ वर्षिय वसन्त रानालाई पनि टोकेर घाइते बनाएको छ । क्षणभरमै कुकुरले टोकेर घाइते बनाए पछि प्रहरी उक्त कुकुर खोज्न प्रहरी परिचालन गरेको र क्याम्पस रोडतिर पुगेको जानकारी आएको जिल्ला प्रहरी प्रमुख एसपी नवीन किशोर प्रधानले बताए ।

पशु सेवा कार्यालय प्रमुख पशुचिकित्सक भरत काफ्ले सँग बुझ्दा उक्त कुकुर नमारेसम्म रेविज लागे नलागेको थाहा पाउन सकिन्न । त्यसलाई सुई दिइन्न । व्यबस्थापन गरेर अरु कुकुरहरुलाई सुइ दिन बजारमा त्यस कार्यालयबाट प्राविधिकहरु खटाएको काफ्लेले जानकारी दिए । त्यस कुकुरले हिड्दै गरेको गाडीको टायर समेत टोक्ने गरेको बजारका यात्रीहरुले बताए । प्रेम सुनार, गुल्मी 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन