व्यक्तिगत आकांक्षाले राष्ट्रियतामा खतरा बढेको छ : नेता भण्डारी



काठमाडौं – नेपाली कांग्रसका नेता चन्द्र भण्डारीले व्यक्तिगत आकांक्षाले राष्ट्रियतामा खतरा बढेको टिप्पणी गरेका छन् ।आइतबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य’ विषयक विचार गोष्ठि कार्यक्रममा उनले बीपीले भनेको अनुसार देशमा राष्ट्रियतामा खतरा देखिएको बताएका हुन् ।

‘राष्ट्रियतामा सबै भन्दा खतरा व्यक्तिगत महत्वकांक्षाले, व्यक्तिगत द्धन्द्धले, जातिय हिंसाले र बीपीले विदेशीसंग पैसा लिने आत्मसमपर्ण गर्ने गर्न थालियो भने राष्ट्रियता खतरामा हुन्छ भन्नु भएको छ । अहिले देशमा ठयाक्कै त्यही देखिएको छ । व्यक्तिगत महत्वकांक्षा उस्तै छ ।सामाजिक द्धन्द्ध बढ्दै छ।’


Advertisement
Advertisement
Advertisement

उनले नेपालमा सिंङगो पार्टीको नेता कोही पनि नभएको बताएका छन् । उनले गुट उपगुटको नेता भएको र यसरी पार्टीहरु नै कमजोर भएपछि मुलुकको संरक्षण कसरी हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.