भोजभतेरमा छुट्टै भान्सा गर्न नपाइने तमानखोला गाउँपालिकाको निर्णय



काठमाडौँ – बागलुङको तमानखोला गाउँपालिकाले भोजभतेरमा दलित समुदायका लागि छुट्टै भान्सा गरे कारबाही गर्ने भएको छ ।

धेरैजसो भोजभतेरमा जातीय छुवाछुत र विभेद गर्दै दलित समुदायका लागि बेग्लै भान्छाको व्यवस्था गर्ने गरिएकाले विभेद अन्त्य गर्न अब भोजभतेरमा एउटै भान्छा प्रयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए ।


Advertisement

गाउँपालिकाले जनप्रतिनिधि तथा सरकारी निकायका कर्मचारीले दुई वटा भान्छा हुने भोजभतेरमा सहभागी नहुन र नागरिकलाई पनि सामाजिक रूपमा हुने त्यस्ता भोजभतेरलाई बहिष्कार गर्न आग्रह गरेको छ ।

अध्यक्ष बुढामगरका अनुसार आदिवासी जनजाति र दलित समुदायको बाहुल्य रहेको तमानखोलामा गाउँपालिकाले बालविवाह र सामाजिक विभेदको अन्त्यका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेको उनले बताए । ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.