अचम्मको प्रतियोगिता : २० दिनसम्म सुत्नेलाई डेढ लाख पुरस्कार



काठमाडौ – यो दुनियाँमा अल्छी मानिसको कुनै कमी छैन जसले आफ्ना दैनिक कामहरु गर्ने मिहिनेत समेत गर्न चाहँदैनन् ।तर यदि तपाईं पनि यस्तै महाअल्छी हुनुहुन्छ भने गज्जबको खबर छ । किनकि संसारमा एउटा यस्तो प्रतियोगिता पनि हुन्छ जहाँ एक से एक अल्छीहरुले भाग लिन्छन् र सबैभन्दा अल्छीले डेढ लाख रुपैयाँ पुरस्कार पाउँछ ।

उत्तरी मोन्टेनेग्रोस्थित रिसोर्टले भरिएको गाउँ ब्रेजनामा बर्सेनि एक विचित्र प्रतियोगिता हुन्छ । त्यहाँ मानिसहरु सबैभन्दा अल्छी नागरिकको प्रतिष्ठित उपाधि जित्नका लागि तछाडमछाड गर्दछन् । यो पटकको १२ औँ संस्करणको प्रतिस्पर्धामा सातजना अल्छीहरुले भाग लिएका छन् ।


Advertisement

एक हजार युरो पुरस्कार जित्नका लागि प्रतिस्पर्धा गरिरहेका सहभागीहरु २० दिनदेखि गुन्द्रीमा सुतिरहेका छन् र दिन कटाईरहेका छन् । ती सहभागीहरुले गत वर्षको ११७ घण्टाको रेकर्ड तोडिए पनि अझै बढीभन्दा बढी समयसम्म सबैभन्दा अल्छी बनेर यसैगरी पल्टिरहन चाहन्छन् र पुरस्कार जित्न चाहन्छन् ।

एकजना प्रतियोगी २३ वर्षीय फिलिप कनेजेविक यो पाला आफूले प्रतियोगिता जित्ने दाबी गर्दछन् ।उनी भन्छन्, ‘हामीसँग आफूलाई चाहिने सबै कुरा यहाँ छन् । उपस्थित मानिसहको साथ गज्जबको छ, त्यसैले समय तीव्र गतिमा बितिरहेको छ । यो अल्छी प्रतियोगितामा उठ्न पाइँदैन र हरेक ८ घण्टामा १० मिनेटको बाथरुम छुट्टी पाइन्छ ।

प्रतिस्पर्धीहरुले खाने, पिउने, पढ्ने तथा फोन र ल्यापटप प्रयोग गर्न पनि पाउँछन् । तर उनीहरुले यी सबै काम सुतेरै गर्नु पर्दछ । प्रतियोगिताका आयोजक तथा रिसोर्ट मालिक रेडोन्जा ब्लागोजेविकका अनुसार मोन्टेनेग्रोका मानिसहरु अल्छी हुन्छन् भन्ने आम धारणालाई चिर्नका लागि १२ वर्षअघिबाट उक्त प्रतियोगिता गर्न सुरु गरिएको हो ।

यो पटकको प्रतियोगितामा सुरुमा २१ जना प्रतिस्पर्धी रहेकोमा सात जनामात्र बाँकी छन् । उनीहरु ४६३ घण्टादेखि पल्टिरहेको आयोजक बताउँछन् ।-समाचार एजेन्सी

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.