सरकारले बिहीबार दियो सार्बजनिक बिदा



काठमाडौ- सरकारले भोली बिहीबार सार्बजनिक बिदा दिएको छ। नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको हो । हिजो नै गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो ।

अहिलेको प्रतिनिधिसभा सदस्य समेत रहनु भएका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान ह्यदयघातबाट असामयिक निधन भएको थियो ।


Advertisement

मंगलबार बिहान आकस्मिक रूपमा बसेको मन्त्री परिषद् बैठकले नेम्वाङको  अन्तिम सम्मानका  दिन बिदा दिने निर्णय गरेको हो।त्यो दिन सरकारले नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र तत् तत् निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन