रेसुङ्गा विमानस्थलबाट तीन महिनापछि नियमित उडान



गुल्मी – रेसुङ्गा विमानस्थलबाट तीन महिनापछि नियमित उडान सुरु भएको छ । माैसम खराबीले उडान भर्न नसकेको नेपाल एयरलाइन्सले आज शुक्रबार देखि उडान सुरु गरेको हो ।

माैसम सफा भएपछि कम यात्रु हुँदा पनि रेसुङ्गा विमानस्थल जहाज अवतरण गरेको नेपाल एयरलाइन्सका रेसुङ्गा स्टेशन इञ्चार्ज सुमन सिंह थापाले जानकारी दिए । उनका अनुसार, काठमाडौंबाट रेसुङ्गाकाे लागि ११ जना यात्रु थिए । भने रेसुङ्गाबाट काठमाडौंका लागि मात्रै तीन जना यात्रु थिए ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

माैसम खराबीका कारण ६ असार २०८० मा आएको जहाज लगातार तीन महिना आउन सकेको थिए । अब नियमित उडान हुने नेपाल एयरलाइन्सका रेसुङ्गा स्टेसन इञ्चार्ज थापाले बताए ।

काठमाडौं-रेसुङ्गा बिहान ६:३० बजे र रेसुङ्गा-काठमाडौं ७:४० बजे उडान हुने गरेकाे छ । हरेक शुक्रबार उडान हुने यश विमानस्थलमा एकतर्फी भाडा छ हजार तीन सय रहेकाे छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.