मदाने युवा क्लबले चौधौं वार्षिकोत्सब मनाउने



गुल्मी – मदाने युवा क्लबले चौधौं वार्षिकोत्सबमा विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमको तयारी तिब्र पारेको छ । मदाने गाउँपालिका वार्ड नम्बर २ बाझकटेरीमा क्लब दर्ता भएपछि नै विभिन्न सामाजिक कार्य समेत गर्दै आएको छ । मदाने गाउँपालिका वडा नम्बर २ मा स्थापना भएको क्लबले कार्तिक ९ देखि ११ गते सम्म कल्बको चौधौं वार्षिकोत्सव मनाउने घोषणा गरेको छ । 


`विकास,अनुशासन,गतिशीलता हाम्रो प्रतिबद्धता´ भन्ने नारा लिएर स्थापित क्लबले मदाने गाउँपालिका वडा स्तरीय पुरुष भलिबल ,फुट्सल र विविध सास्कृतिक कार्यक्रम आयोजना गरेको कल्बका अध्यक्ष जय प्रकाश भुसालले जानकारी दिए  । 


Advertisement

युवाहरूलाई एकताबद्द गरेर समाज विकासमा आवद्द गराउने गराउने उदेश्यले वडाका सम्पुर्ण युवाहरुलाई समेटेर क्लब गठन गरि प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सब मनाउदै आएको उनको भनाई छ ।  आगामी दिनमा युवालाई बिकृती र बिंसगति बाट बचाउदै समाज विकासमा लाग्न प्रेरणा दिने प्रमुख लक्ष्य रहेको समेत उहाँले जानकारी दिए । 

कार्यक्रम संचालनको लागि अहिले विभिन्न सहयोगदाताबाट सहयोग संकलन गरिरहेको क्लबका उपाध्यक्ष शिशिर भुसालले बताए । क्लबले गएका वर्षहरुमा पनि विभिन्न सामाजिक कार्य गर्दै आएको र कोभिडको बेला स्वास्थ्य सामाग्री वितरण गरेर स्वास्थ सेवालाई समेत मजबुत बनाउन सहयोग पुर्याएको उनले जिकिर गरे ।

कार्यक्रम मदाने २ मा रहेको श्री बाँझकटेरीमेघगङ्गा मा वि को प्राङ्गणमा संचालन गरिने क्लबका सचीव विक्रम जिएमले जानकारी दिए । कल्बको चौधौं बार्षिकोत्सवलाई ब्यवस्थीत र भब्य बनाउनको लागी कल्वले बिभिन्न समिति तथा उपसमिति समेत गठन गरेर तयारीमा जुटेको समेत उहाँले जानकारी दिए । क्लबले अहिले सहयोगदाता,सहकार्य तथा प्रचारप्रसारलाई तिब्र पारेको जनाएको छ ।✍️गोविन्द भुसाल

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.