गुल्मीको वामी बजारबाट गएराति एक मोटरसाईकल चोरी




गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका ७ स्थित वामी बजारबाट गएराति एक मोटरसाईकल चोरी भएको छ । स्थानीय विक्रम श्रेष्ठको मोटरसाईकल घर अगाडी पार्किङ गरि राखिएकोे अवस्थामा चोरी भएको हो ।श्रेष्ठको लु ५० प १०२५ नम्बरको १ सय ५० सीसीको पल्सर मोटरसाईकल चोरी भएको हो । घरमै मोटरसाईकल पार्क गरी राखेको अवस्थामा राति मोटरसाईकल चोरी भएको उहाँले बताउनुभयो ।

मोटरसाईकल चोरी भएको खबर पाउनासाथ उक्त स्थानमा पुगेको वामी प्रहरी चौकीको टोलीले खोजी कार्य गर्दा उक्त मोटरसाईकल गलकोट नगरपालिका हरिचौरमा फेला पारेको वामी प्रहरी चौकीका ईन्चार्ज बरिष्ठ सई लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो ।


Advertisement

“हामीले खबर पाउना साथ खोजि कार्य थाल्यौ, गलकोटमा गएराति मोटरसाईकलबाट तेल चोरी हुँदै गरेको अवस्थामा स्थानीयले देखेका रहेछन् चोरी भएको मोटरसाईकलमा तेल सकिएर फेरी तेल चोरी गर्न लाग्दा स्थानीयले थाहा पाएपश्चात चोरी गरेको मोटरसाईकल छोडेर भागेको भन्ने बुझिएको छ ।”उक्त मोटरसाईकल भेटिएको ठाउँमा केही शंकास्पद वस्तु समेत फेला परेकाले चोरी गर्ने व्यक्ति समेत पत्ता लाग्ने उहाँले बताउनुभयो । हटिया प्रहरी चौकीसंग सम्पर्क गरी नीज बाईक धनीलाई बाईक लिन पठाईएको समेत उहाँको भनाई छ । Gtvnepal

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.