दैलेखबाट दशैँ खर्चको जोह गर्न राउटे समुदाय आइपुगे दाङ



दाङ – दशैँ खर्चको जोह गर्नको लागि दैलेखबाट राउटे समुदायका ३ जना व्यक्ति लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी आइपुगेका छन् । मुख्यमन्त्री तथा मन्त्रीहरूलाई भेट्न आएका उनीहरु दाङ आइपुगेका हुन् ।राउटेका अगुवा लालबहादुर शाही सहित बिर्ख शाही र जीवन शाही बस चढेर मंगलबार देउखुरी आइपुगेका हुन् । दशैँ खर्चको जोह गर्न आफूहरू दाङ आएको लाल बहादुरले बताए ।

मुख्यमन्त्री छैनन् रे, भेट्न पाएनौ । भोलि आउँछन् रे,‘ उनले भने । उनका अनुसार दशैँ खर्चको लागि सहयोग माग्न आएको र त्यो सहयोग आफ्ना समुदायका सबैलाई बाढ्ने गरिन्छ । उनले भने,‘ दशैँका नयाँ कपडा लगाउनु पर्छ ।, टिका लगाउने र माइत पनि जानु पर्ने हुन्छ । त्यसैको लागि सहयोग माग्न आएका हौँ । ’


Advertisement
Advertisement

आफूहरूलाई मुख्यले नै सहयोग माग्नको लागि पठाएको समेत उनले बताए । उनले भने,‘ हाम्रा मुख्य आउने हुन् । तर, उनलाई बसमा चढ्दा धेरै चक्कर लाग्ने भएकाले हामी ३ जनालाई पठाएका हुन् । अबको एक/ दुई दिनमा हामी फर्कन्छौँ । उनीहरूलाई राप्ती गाउँपालिका ३ का वडाध्यक्ष उमेश अधिकारीले हिजो साँझ खाना र बस्ने व्यवस्था मिलाएका थिए । आजको खाना र बासको व्यवस्था भने गाउँपालिकाले मिलाउने अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन