गुल्मीको चन्द्रकोट गाउँपालिकाका दुई वडामा बजार अनुगमन



कमल खत्री / गुल्मी – नेपालीका महान पर्व बडादशै नजिकिए सङ्गै गुल्मीको चन्द्रकोट गाउँपालिकाले बजार अनुगमनलाई तिब्र पारेको छ । आइतबार गाउँपालिकाले पालिका भित्रका ३ र ४ वडाका पसल तथा व्यावसायमा अनुगमन गरेको छ ।  बजारको अनुगमन उपभोक्ता हित संरक्षण समितिका संयोजक विष्णु प्रसाद भण्डारीको नेतृत्वमा गरिएको हो ।

दुई वडामा रहेका बजार  क्षेत्रका ५० ओटा पसलमा  अनुगमन गरेको छ ।  १८ ओटा पसलले म्याद नाघेको खाद्य सामाग्री  बिक्री गरिरहेको पाइएको छ । उक्त  पसलबाट  १० हजार रुपैयाँ बराबरको म्याद नाघेका सामग्री जफत गरी नष्ट गरेको चन्द्रकोट गाउँपालिकाले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

अनुगमनको क्रममा पहिलो पटक सुझाव सहित म्याद ग्रुजेको सामाग्रीमा बन्देज लगाउन गाउँपालिका उपाध्यक्ष विस्णु प्रसाद भण्डारीले निर्देशन दिएका छन् । पहिलो पटक व्यावसायीलाई सुझाव दिएको अर्को पटकको अनुगमनमा म्याद नाघेकोको उपभोग्य बस्तु भेटिएमा गाउँपालिकाले कारबाही प्रक्रिया अगाडी बढाउने उपाध्यक्ष भण्डारीले बताए । 

अनुगमनमा चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  सरोज भुसाल, अनुगमन टोलीका संयोजक  प्रकाश पन्थी, बजार व्यवस्थापन समितिका अध्यक्ष एबम उद्योग वाणिज्य संघ शान्तिपुरका प्रतिनिधि इश्वरी सापकोटा, इलाका प्रहरी कार्यालय शान्तिपुरका प्रमुख  राम विलास यादव , संचारकर्मी कमल खत्री लगायतको टाेलीले बजार अनुगमन गरेको थियो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.