गुल्मीमा पहिरोमा पुरिएर १७ वर्षीय मजदुरको मृत्यु
गुल्मी – गुल्मीमा ढिस्को सहितको पहिरोमा पुरिएर १७ वर्षीय मजदुरको मृत्युु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका तीन भाडगाउँमा निर्माणधिन घरमा पहिरोको ढिस्को खसेर प्युठान गौमुखी गाउँपालिका ३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पहिरोमा परेर घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठान जिल्ला गौमुखी गाउँपालिका तीनका २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीनकिशोर प्रधानले जानकारी दिए ।
घाइते दुईजनाको सदरमुकाम तम्घास स्थित गुल्मी अस्पतालमा उपचार भइरहेको छ । शबलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।