अर्घाखाँचीमा ११ वर्षीया बालिकालाई करणी गर्ने युवक पक्राउ



सांकेतिक तस्बिर

अर्घाखाँची –  अर्घाखाँचीमा बालिकालाई जबरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सन्धिखर्कमा ११ वर्षीया नाबालिकालाई करणी गर्ने मालारानी गाउँपालिका वडा नम्बर ९ स्थायी ठेगाना भई हाल सन्धिखर्क नगरपालिका वडा नम्बर २ चुत्राबेशीमा बस्दै आएका २१ वर्षीय रामबहादुर पुन लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

गगां आधारभुत विद्यालय नजिकै रहेको झाडीमा जबरजस्ती करणी गरेको भनी पीडित बालिकाको आमाले जाहेरी दिएपछि प्रहरीले निज युवकलाई पक्राउ गरेको हो।युवकलाई पक्राउ गरी आज मंगलबार करणीसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए । जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.