खुसीको खबर : रेसुङ्गा विमानस्थलबाट हप्ताको दुई दिन उडान हुने



गुल्मी- गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट हप्ताको दुई दिन उडान गर्न शुरु भएको छ । नेपाल एयरलाइन्सले यस अघि हप्ताको एक दिन शुक्रवार मात्रै उडान गर्दै आएको थियो ।

मौसमको समस्याका कारण जेठको अन्तिमबाट उडान बन्द रहेको थियो । विमानस्थलबाट मौसममा सुधारआएसँगै भदौको अन्तिम साताबाट पुनः उडान शुरु भएको हो ।


Advertisement

नागरिक उड्डयन प्राधिकरणले हप्ताको दुई दिन उडान गर्ने अनुमति दिएको थियो । तालिका अनुसार हप्ताको दुई दिन मंगलबार र शुक्रबार उडान गर्ने रेसुङगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताउनुभयो ।

मंगलबारको उडानमा काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि १२ जना यात्रु सवार थिए । रेसुङ्ग विमानस्थलबाट भने एक जना मात्र यात्रु लिएर उडान गरेको थापाले बताउनुभयो ।

मंगलबार उडान हुन्छ भन्ने धेरैलाई जानकारी नभएका कारण रेसुङ्गा विमानस्थलबाट फर्किदा एक जना मात्र यात्रू लिएर उडान गरेको उनको भनाई छ । मौसममा सुधार आएसँगै नियमित रुपमा हप्ताको दुई दिन मंगलबार र शुक्रबार उडान गर्ने भएको छ ।

गत शुक्रबार भने मौसम सफा नभएका कारण उडान अबरुद्ध भएको थियो । नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले प्रत्येक हप्ताको शुक्रबार बिहान साढे छ बजे काडमाडौंबाट र रेसुङ्गाबाट काठमाडौंका लागि ७:३० मा उडान गर्ने गरी समय निर्धारण गरेको छ । काठमाडौंबाट रेसुङ्गाका लागि ७ हजार दूई सय र रेसुङ्गाबाट काठमाडौंका लागि ७ हजार ८० रुपियाँ भाडा निर्धारण गरेको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.