रेसुङ्गा – काठमाडौंको विमान उडान समय तालिका फेरबदल
गुल्मी – रेसुङ्गा विमानस्थलबाट उडान हुने गुल्मी – काठमाडौंको समय तालिका फेरबदल गरिएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले गुल्मीबाट प्रत्येक हप्ताको मङ्गलवार र शुक्रवार रेसुङ्गाबाट उडान भर्दै आएको थियो । तर, मङ्गलबार यात्रुको संख्यामा कमि आएपछि उडानको समय तालिका नै फेरबदल गरिएको बताइएको छ ।
अबदेखि रेसुङ्गा विमानस्थलबाट विमानले हप्ताको बुधबार र शुक्रबार उडान गर्ने छ । एयरलाइन्सले पछिल्लो समय सरकारले भ्याट लगाएसँगै भाडादर वृद्धि समेत गरेको हो । जसमा नयाँ भाडादरअनुसार रेसुङ्गादेखि काठमाडौं ७ हजार ८० रुपैयाँ र काठमाडौंदेखि रेसुङ्गा ७ हजार २ सय ८० रुपैयाँ एयरलाइन्सले भाडादर कायम गरेको छ ।
निगमको १८ सिट क्षमताको जहाजले हप्ताको प्रत्येक बुधवार बिहान साढे ६ बजे काठमाडौँबाट रेसुङ्गा र बिहान साढे ७ बजे रेसुङ्गाबाट काठमाडौँका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ । निगमको १८ सिट क्षमताको जहाजले उडान गरिरहेको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई बुधवार र शुक्रवार उडान गर्न अनुमति समेत दिएको छ ।