कार्यसम्पादनको मूल्याङ्कनमा देशभरमै जिल्ला प्रशासन कार्यालय गुल्मी पहिलो
गुल्मी – गृहमन्त्रालय र देशभरका जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय गुल्मी पहिलो भएको छ । बुधबार पत्रकार सम्मलेनको आयोजना गरेर प्रशासन कार्यालय गुल्मीले कार्यसम्पादनमा देशभरमै प्रथम भएको जानकारी दिएको हो । आर्थिक बर्ष २०७९/०८० मा भएको कार्यसम्पादन सम्झौता (CPAS) मूल्याङ्कनमा ७७ जिल्लाको कार्यसम्पादनमा गुल्मी प्रथम भएको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा २९, शासकीय प्रबन्धमा ४१ दशमलव २ ,लागु औषध नियन्त्रणमा ०५, विपत् जोखिम न्यूनीकरण तथा व्यावस्थापनमामा १०,मुआब्जा वितरण तथा विकास सहजीकरणमा ७ र मन्त्रालयको मुल्याङ्कनमा ४ दशमलव २४ गरी कुल ९६ दशमलव ४४ प्राप्ताङ्क गरेको छ । रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयले कार्यसम्पादनमा ९६ दशमलव १३ प्राप्ताङ्क देशभरमै दास्रो भएको छ ।
आर्थिक बर्षमा गुल्मीमा प्रमुख जिल्ला अधिकारीको रुपमा पुण्यविक्रम पौडेल, सागरमणि पाठक र टेकबहादुर केसी रहनुभएको थियो । केसी हाल पनि गुल्मीमा प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । देशभरमै पहिलो बनाउन सहयोग गर्ने जिल्लाका सम्पूर्ण जनप्रतिनिधिज्यूहरु, अर्धवार्षिक कार्यसम्पादनको समयमा कार्यरत प्रजिअ / सप्रजिअ, सुरक्षा निकायहरु, स्थानीय तहहरु, कार्यालय प्रमुखहरु, जिल्लामा क्रियाशील राजनीतिक दलहरु, पत्रकार महासंघ गुल्मी र सम्पूर्ण मिडिया क्षेत्र तथा सञ्चारकर्मीहरु, गैर सरकारी संघ संस्थालाई ससहायक प्रमुख जिल्ला अधिकारी गैरेले सबैलाई धन्यबाद दिएका छन् ।