गुल्मीमा धारामा पानी खाने क्रममा चिप्लिएर एक पुरुषको मृत्यु



गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकामा धारामा पानी खाने क्रममा चिप्लिएर लड्दा एक जनाको मृत्यु भएको छ ।नगरपालिकाको वडा नं ४ ग्वादिकाचौरका ४१ वर्षीय सुख बहादुर कुमालको घर नजिकैको छिमेकीको धारामा पानी पिउन गएको अवस्थामा अकस्मात चिप्लिएर लड्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

चिप्लिएर लडी गम्भीर घाईते भएका उनको तत्काल उद्धार गरी उपचारको लागी लैजाने तयारी हुँदै गर्दा घटनास्थलमा पुगेको कुर्घा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले मृत घोषणा गरेको वामी प्रहरी चौकीका ईन्चार्ज वरिष्ठ सई लक्ष्मण विश्वकर्माले जानकारी दिए ।वामी प्रहरी चौकीको टोली घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान सकेको र मुचुल्का पछि शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल पठाईएको उनले बताए ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.