गुल्मी महोत्सवमा स्थानीय व्यापारीलाई स्टलमा ३० प्रतिशत छुट



गुल्मी – आगमी कार्तिकमा हुने प्रथम ऎतिहासिक गुल्मी महोत्सवमा स्थानीय व्यापारीलाई  ३० प्रतिशत छुट दिइने भएको छ । पर्यटन तथा उद्योगको प्रचारप्रसार गरेर प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा अटोमोबाईल्सका लागि ५० हजार , बैंक तथा वित्तिय संस्थालाई ३० हजार, होटल तथा रेष्टुरेण्टका लागि ४० हजार र जनरल व्यापारिक स्टलका लागि २२ हजार ५ सय शुल्क तोकिएको गुल्मी उद्योग संघ उपाध्यक्ष जनक पन्थले जानकारी दिए ।  मेलामा २ सय ५० वटा स्टल रहन्छ त्यसका लागि बुकिङ खुल्ला गरेका छौं । उपाध्यक्ष पन्थले भने महोत्सवको माध्यमबाट उद्योगलाई माथी उठाउन  स्थानीय ब्यापारीलाई ३० प्रतिशत छुट दिने निर्णय गरेका छौं ।


Advertisement

प्रथम ऎतिहासिक गुल्मी महोत्सव आगामी कार्तिक १५ देखि २५ गतेसम्म चल्ने छ । आयोजकले प्रचारप्रसारलाई तीब्र पारेको छ । ‘उद्योग कृषि र पर्यटनमा उनीएको थुङ्गा, समुन्नत गुल्मीका लागि जाउँ हिड रेसुङ्गा’ नारा सहित महोत्सवको तयारीलाई तीब्र पारिएको गुल्मी उद्योग सघ अध्यक्ष नवराज भुसालले बताए ।  महोत्सव बिगतका बर्षमा सदरमुकाम स्थित चिदिचौर खेल मैदानमा हुने गरेपनि यसपटक रेसुङ्गा ९ उपल्लो तम्घास खालकाचौर हुने भएको छ ।

महोत्सवमा कृषि र पशुपालनलाई प्राथमिकता, पर्यटन प्रवद्र्धनका जोड, राष्ट्रिय कलाकारबाट साँस्कृतिक कार्यक्रम, स्थानीय संस्कृति प्रदर्शन, तम्घासस्थान मन्दिरको प्रचारप्रसार , जिल्लाको आर्थिक अवस्थालाई चलायमान गराउने  आयोजकले जनाएको छ ।

स्थानीय  पहिचानलाई चिनाउने र देशब्यापी प्रचारप्रसार गर्ने लक्ष्य बोकेको महोत्सवमा एक लाख दर्शक भित्राउने र ६० करोड बराबरको कारोबार गर्ने आयोजकले अपेक्षा लिएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.