कोशी प्रदेशबाट सत्तारुढ गठबन्धन संकटतर्फ धकेलियो : सांसद थापा
गुल्मी – कोशी प्रदेशबाट सत्तारुढ गठबन्धन संकटतर्फ धकेलिएको नेकपा एमालेका नेता सुर्य थापाले बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधि सभा सदस्य समेत रहेका नेकपा एमाले गुल्मीका इन्चार्ज थापाले बताएका हुन् ।
उनले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनबाट जोगाउन नेपाली कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेर विश्वासको मत दिएको बताए । ‘सत्तागठबन्धनको एउटा टायर पन्चर भएको छ,बाँकी हुँदै जान्छन्’ पत्रकार सम्मेलनमा थापाले भने,“अहिलेको गठबन्धनले दसैं तिहारमात्रै मनाउँछन्, बाँकी भन्न सक्ने अवस्था छैन् ।” पत्रकारले सोधेको प्रश्नमा थापाले केन्द्रमा एमालेले भोगेको नियती प्रदेशमा भोग्न नपर्ने र कोशी प्रदेशमा एमाले सहितको सरकार विस्तार भएको स्पष्ट पारे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता सुर्य बहादुर थापाले देशमा केही प्रतिगामी स्याल कराईरहेको पनि बताएका थिए । उनले पछिल्लो समय देशमा प्रतिगामी स्याल कराईरहेको र त्यसले केही फरक नपार्ने बताएका हुन् । सत्ता संचालनको नेतृत्वमा पुगेको गठबन्धन सरकारले नागरिकको हक हित विपरीत काम गरिरहेको आरोप लगाए । देशको नेत्रित्व पाएको गठबन्धन सरकारले बजारमा मंहगी,कालोबजारी,विकास निर्माण थप्प,चिनीको हाकार लगायतका समस्याले जनताको ढाड सेकिरहेको उनले बताए ।