गुल्मीमा डोजरले फालेको ढुंगाले लागेर एक वृद्धको मृत्यु



गुल्मी – गुल्मीमा सडक मर्मत तथा सफा गर्ने क्रममा जेसिबी डोजरले माथिबाट फालेको ढुंगाले लागेर एकजना बृद्धको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका – १४ का  ९२ बर्षिय कृष्ण बहादुर सुनारको मृत्यु भएको  प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

दसैं पर्वलाई लक्षित गरेर पराल्मीको टानेटादेखि टापु जाने सडक मर्मत तथा सफा गर्ने क्रममा डोजरले फालेको ढुंगाले लागेर सुनारको घटनास्थलमै मृत्यु भएको हो ।  घटनामा संलग्न डोजर चालक पाल्पाका अन्दाजी ३२ बर्षिय कृष्ण बहादुर लामिछाने रहेको खुलेको छ ।


Advertisement
Advertisement

चालक लामिछानेलाई  प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए । शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ । भने  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन