जंगली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी



गुल्मी  –  जंगली च्याउ खाँदा गुल्मीमा तीनजना बिरामी परेका छन् । कार्तिक १३ गते बिहान जंगल भेटिएको बिषालु च्याउ खाना पकाएर खाँदा इस्मा गाउँपालिका -०६ अमरपुर बुल्मका तीनजना बिरामी परेका हुन्  ।

बिरामी पर्नेमा इस्मा गाउँपालिका ०६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय बिमल कुमाल र सोही ठाउँका आठ वर्षीय सुस्मा कुमाल जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।


Advertisement

जंगली च्याउ खाई बिरामी भएका उनीहरु तिनै जनाको उपचार मिसन अस्पताल पाल्पा भइरहेको छ । उनिहरुले कार्तिक १३ गते बिहान खानामा जंगली च्याउ खाएका थिए ।  उपचाररत तीनैजनाको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
विज्ञापन