प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप बढ्यो



गुल्मी- जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा लिने सेवाग्रहीको चाप बढेको छ । नेपालीको महान पर्व बडादसैं मनाउन घर फर्किएकाहरुले समयको सदुपयोग गरेर नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेको हो ।

नेपालीको महान पर्व वडादसैं सकिएसङ्गै जिल्ला प्रशासनन कार्यालय लगायतका सरकारी कार्यालय खुलेका छन् । यतिबेला दसैं मनाउन घर आएका  मानिसले समयको सदुपयोग गर्दै  जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवालिने सेवाग्राहीको संख्या दोब्बरले वृद्धि भएको छ । प्रशासन कार्यालयलमा सेवाग्राही बिहान सबेरदेखि बेलुका अबेरसम्म नयाँ नागरिकता संगै प्रतिलिपी , राहदानी, राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीको चाप बढेको हो ।


Advertisement

जिल्ला प्रशासन कार्यालय गुल्मीले बिगत केही समयदेखि टोकन सिस्टम प्रयोग गरेर राहदानी वितरण गरिरहेको छ । जसले कार्यालय र सेवाग्राहीलाई सहजता मिलेको छ । दसैं लगायतका चाडपर्वको समयमा प्रशासन  भिडभाड हुने र कार्यालयमा नयाँ नागरिकता, प्रतिलिपी र राष्ट्रिय परिचयनपत्र वितरणमा टोकन सिस्टम नहुदा आफुहरुले सेवामा सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो छ । 

चाडपर्वको समयमा बढ्दो सेवाग्राहीको चापलाई सहज सेवा प्रवाह गर्न विहान वेलुका अतिरिक्त समयमा पनि कार्यालय संचालन गर्ने  सेवा प्रवाह गर्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी गैरेले भने ´ चाडपर्वको समयमा  सेवाग्राहीको प्राय भिड हुने गर्दछ । त्यो भिड र सेवाग्राहीको आवस्यकता हेरेर सेवा प्रवाह गर्छौं । `

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
विज्ञापन