गुल्मी महोत्सवको तयारी पूरा,६० करोड कारोबारको अपेक्षा 



गुल्मी –  बुधबारदेखि सुरु हुने प्रथम ऐतिहासिक गुल्मी महोत्सवको तयारी पूरा भएको छ। २५ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको गुल्मी उद्योग संघले जनाएको छ। 

महोत्सवमा ३ सय स्टल राखिएको छ। आवश्यकता र मागका आधारमा २० वटा स्टल थप गरिने गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए।  


Advertisement

महोत्सवमा विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरूसँगै गुल्मी जिल्लामा विभिन्न जाति विशेषका खाना परिकारहरू, विभिन्न संस्कृति झल्किने झाँकीहरू पनि प्रदर्शन गरिने संघका अध्यक्ष भुसालले जानकारी दिए।

जिल्लामा साना तथा मझौला उद्योगको प्रचारप्रसार गरेर प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ।

महोत्सवमा गुल्मी जिल्लाको कृषि, घरेलु औद्योगिक प्रवर्द्धनसँगै पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन र प्रचारप्रसार गर्ने कृत्रिम खादा , ब्याच र मालामा समेत आयोजकले रोक लगाएको छ। स्थानीय स्तरमा उत्पादन भएका फूलको माला, पिपलको पात ब्याच प्रयोग गर्ने संघका महासचिव सुदर्शन खनालले बताए।

स्थानीय व्यापारीलाई ३० प्रतिशत छुट दिने आयोजकले निर्णय गरेको छ। महोत्सवमा एक लाख दर्शक भित्र्याउने र ६० करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.