कार्तिक १९ गते खुुला सभालाई सम्बोधन गर्न रवि गुल्मी आउने



गुल्मी – गुल्मीमा खुुला सभालाई सम्बोधन गर्न रवि लामिछाने आउँदै छन् । जिल्लाकाे सदरमुकाम तम्घासमा राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीले आयोजना गरेको खुला सभालाई सम्बोधन गर्न पार्टी सभापति लामिछाने आउन लागेका हुुन् ।

यहीँ कार्तिक १९ गते आइतबार ११ बजेदेखि २ बजेसम्म तम्घासकाे चिदिचाैरमा हुने क्रममा लामिछानेसँगै, डा. ताेसिमा कार्की, अनिल केशरी शाह र हाेम क्षेत्री आउँदैछन् । साेही क्रममा रेसुङ्गा नगरपालिकामा नगरसमिति पनि विस्तार गर्ने कार्यक्रम छ ।


Advertisement

यस कार्यक्रमको भब्य तयारी भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीले जनाएको छ । प्रचारप्रसारलाई तीव्र पारिएको पार्टीले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.