गुल्मीको रुरुक्षेत्रमा ऐतिहासिक लाखे महोत्सव हुने



ईश्वरी बस्याल/ गुल्मी – गुल्मीको रुरुक्षेत्रमा ऐतिहासिक लाखे महोत्सव तथा प्रतियोगिता हुने भएको छ । नेवा: देय दवु:गुल्मीको आयोजनामा आगामी मंसिर ९ गते प्रदेशस्तरीय लाखे महोत्सव हुन लागेको हो । महोत्सवसँगै लाखे नाच प्रतियोगिता पनि संचालन हुने आयोजकले बताएका छन् ।

महोत्सवमा लुम्बिनी प्रदेशका सबै जिल्लाबाट नेवार संस्कृति झल्किने भेषभुषा, कला, खाद्य परिकार लगायत प्रर्दशन गरिने अयोजकको भनाई छ । जातीय भाषा, कला र संस्कृति लगायतका पहिचानको जगेर्ना गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको नेवा: देय दवु :गुल्मीका सह सचिव कमलप्रसाद श्रेष्ठले बताए ।


Advertisement

“प्रदेशस्तरको यो महोत्सव यहाँ आयोजना गर्नु र १२ जिल्लाका विविधताले भरिएका भेषभुषा तथा संस्कृति यसरी साझा गर्ने अवसर भएकोले यसलाई हामी ऐतिहासिक मान्दछौँ “- श्रेष्ठले भने ।

नयाँ पुस्तामा आफ्नो धर्म, संस्कृति, भेषभुषा, कला लगायतको संचार र विस्तार गरी जीवन्त राख्न यस्ता महोत्सव तथा प्रतियोगिता फलदायी हुने नेवा देय दवु गुल्मीका अध्यक्ष तीर्थलाल श्रेष्ठ बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार महोत्सवमा विभिन्न जिल्ला र क्षेत्रका समुहगत लाखे नाचको प्रतियोगिता समेत राखिएको छ ।प्रथम हुने समुहलाई नगद ५० हजार, द्धितियलाई ३५ हजार र तेस्रो हुनेलाई २० हजार नगदसहित सम्मान गर्ने आयोजकको तयारी छ ।

सांस्कृतिक विविधताको धनी देखिँदै आएको नेवार समुदाय गुल्मीको बलेटक्सार, रिडी, चारपाला, तमघास, वामीटक्सार,खज्र्याङ्ग लगायतका स्थानहरुमा सघन बस्ती रहेको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.