गुल्मीमा प्रथम ऐतिहासिक महोत्सव सुरु



गुल्मी – कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न उदेश्य सहित गुल्मीमा आजदेखि प्रथम ऐतिहासिक महोत्सव सुरु भएको छ । उद्योग संघ गुल्मीको आयोजनामा ११ दिन संचालन हुने महोत्सवको उद्घघाटन रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले गरेका हुन् ।


‘उद्योग कृषि र पर्यटनमा उनीएको थुङ्गा, समुन्नत गुल्मीका लागि जाउँ हिड् रेसुङ्गा’ नारा सहित संचालन भएको महोत्सव कात्र्तिक २५ गतेसम्म चल्ने छ । महोत्सवमा संघ संस्थाहरुले विभिन्न झाँकी लगायत र्याली प्रस्तुत गरेका थिए । महोत्सवमा बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, विभिन्न सँस्कृति झल्कीने झाँकीहरु महोत्सव अवधीभर प्रर्दशनमा राखिने आयोजकले जनाएको छ ।


Advertisement


महोत्सवमासाँस्कृतिक कार्यक्रमहरुसँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु, मनोरञ्जनात्मक पिङ लगायत विभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री वितरण राखिएको छ । मेलामा ३ सय वटा स्टल रहेका छन् । त्यसमध्ये ५० वटा स्टल स्थानीय उत्पादनका सामाग्रीको लागि प्रयोग गरिएको छ ।


राखिने भएको गुल्मी उद्योग संघका अध्यक्ष भुसालले नवराज भुसालले जानकारी दिनुभयो । स्थानीय व्यापारीहरुलाई प्रोत्सहान स्वरुप स्टलमा ३० प्रतिशत छुट दिइएको छ । दर्शकको सहजताको लागि तम्घास बजारदेखि महोत्सवस्थल पुग्न आयोजकले निःशुल्क बस सेवा संचालन समेत गरेको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन