खेतलालाई सुर्ती लिन बजार गएकी किशोरीको नग्न शव फेला
गुल्मी – गुल्मीमा नग्न अबस्थामा एक किशोरीको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका -०४ शान्तिपुर बजार नजिकैको झोलुङ्गे पुलमुनि खोलामा नग्न अबस्थामा १५ वार्षिय किशोरीको शव फेला परेको हो ।
नग्न अबस्थामा भेटिएकी किशोरी बिहिवार दिउँसो ११ बजे धान स्याहार गर्ने खेतलालाई सुर्ती ल्याइदिन बजार गएको तर सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खोजतलासीको लागि खबर गरेका थिए ।किशोरीकाे हत्या भएको आशंका गरिएको छ ।
घटनास्थलमा प्रहरी निरिक्षककाे नेतृत्वमा टाेली गएको छ । घटना बारे थप जानकारी आएपछि विवरण उपलब्ध गराउने जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।
मृतक किशोरीको परिवार बिगत केही समयदेखी शान्तिपुर बजारको श्रीलंका टोलमा बसोबास गर्दै आएको स्थानीयले बताए ।