जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परेर १ सय २८ जनाले ज्यान गुमाए



काठमाडौ – शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा पनि १२८ जनाको मृत्यु भएको छ। भूकम्पले संरचना भत्किँदा सयौँ घाइते भएका छन्।

भुइँचालोले जाजरकोट र रुकुम पश्चिममा धेरै मानवीय र भौतिक क्षति गरेको छ। अहिलेसम्म दुई जिल्लामा गरेर कम्तिमा १२८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।


Advertisement
Advertisement

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि भूकम्पमा परेर मृत्यु भएको छ।

सदरमुकाम खलंगास्थित घरमा सु सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले जानकारी दिए।जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको शक्तिशाली भूकम्पको धक्का काठमाडौँसहित देशैभरजसो महसुश गरिएको थियो।

भूकम्पपछि धेरै सडकमा सुख्खा पहिरोले बाटो अवररुद्ध हुँदा घाइतेको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।भूकम्पमा परेर रुकुमको आठविसकोट नगरपालिकामा मा मात्रै कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रुकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अहिलेसम्म जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको पुष्टि भएको छ।कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले भूकम्पले धेरै संरचना ध्वस्त बनाएको बताए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन