गुल्मी महोत्सवमा टिकटको ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने



गुल्मी – गुल्मीमा सञ्चालन भइरहेको महोत्सवको आज शनिबार हुने कारोबारको टिकटको ५० प्रतिशत रकम जाजरकोटका भूकम्प पीडितहरुको उद्धारका लागि पठाइने भएको छ ।

गुल्मी उद्योग संघको आयोजनामा गुल्मीको सदरमुकामको उपल्लो तम्घासमा सञ्चालन भइरहेको महोत्सवको शनिबार कारोबार हुने टिकटको ५० प्रतिशत रकम भूकम्प प्रभावितहरुको उद्धाराका लागि जाजरकोट पठाइने भएको हो । गुल्मी उद्योग संघको शनिबार बसेको आकस्मिक बैठकले यस्तो निणर्य गरेको हो । भुकम्पमा परी दिवंगत हुनुभएकाहरुमा शोक व्यक्त समेत गरेको छ । 


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.