पाल्पामा ट्याक्सी दुर्घटना हुँदा ५ जना घाइते



पाल्पा – पाल्पामा आइतबार ट्याक्सी दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग१त १९७० नम्बरको ट्याक्सी रम्भा गाउँपालिका-३ सेरास्थित सिद्धार्थ राजमार्गमा अनियन्त्रित भई रोकिराखेको ग१त ५२५० नम्बरको ट्याक्टरमा बिहान करिब १० बजे ठोक्किएको थियो।


घाइते मध्यचालक पोखरा उपमहानगरपालिका-१५ का सुरेस गुरुङ, सोही ठाउँका ७० वर्षीया गंगा गुरुङ, ४० वर्षीय विनोद गुरुङ गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। यद्यपि, अवस्था भने खतरामुक्त छ। यस्तै, सोही ठाउँका ७४ वर्षीय धनबहादुर गुरुङ र रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० रामनगरका भीमबहादुर गुरुङको अवस्था सामान्य रहेको उनले बताए।


Advertisement

घाइते सबैको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन